महोत्तरीमा अत्यधिक गर्मीका कारण विद्यालय बिदा

लाइभ न्यूज रफतार 2733+ समाचार ( )
७ अशोज २०८१

पछिल्लो साता घामको चाप बढ्दै जाँदा महोत्तरीमा फेरि विद्यालय बिदा दिने निर्णय गरिएको छ। 

जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाले अत्यधिक गर्मीको कारण आजदेखि ६  दिन विद्यालय बिदा दिने सूचना जारी गरेको हो। हाल महोत्तरीमा असोज सङ्क्रान्तिमा तापक्रम ४५ डिग्री सेल्सियस रहेको थियो ।

घामको प्रचण्ड चाप बढेर कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि  स्वास्थ्यलाई ध्यानमा राख्दै यो निर्णय गरिएको नगर कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए। यसअघि, गत जेठमा पनि मनराशिशवासहितका जिल्लाका सबै स्थानीय तहले गर्मी छल्न सात दिनको बिदा दिएका थिए।

गर्मीको कारण मनराशिशवा नगर कार्यालयले बिदा दिएपछि अन्य स्थानीय तहहरूले पनि बिदा दिने तयारी गरिरहेका छन्। अत्यधिक गर्मीले सरकारी कार्यालयमा कामका लागि आउने सेवाग्राहीको संख्या पनि घटाएको छ, जसले हाटबजार, यातायात र व्यापारिक प्रतिष्ठानहरूमा चहलपहल घटाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार