कर्फ्यु हटाएर निषेधाज्ञा जारी, सर्लाहीको बरहथवा, मृतकको शव रातभर घटनास्थलमै

लाइभ न्यूज रफतार 3138+ समाचार ( )
२१ पौष २०८०

सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो ।

नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ । हिजो प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै छ ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार