नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विपद् प्रभावितको उद्धार र राहतमा आफ्ना नेता कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिएका छन्।
>
उनले अविरल वर्षापछि बेपत्ता व्यक्तिहरूको खोजीका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर काम गर्न विशेष अपिल गरेका छन्।
>
अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा बाढी, पहिरो र डुबानले विभिन्न भागमा नागरिकको ज्यान गुमेको, सम्पर्कविहीन भएका र घाइतेहरूको अवस्था मर्माहत भएको बताएका छन्। उनले प्राकृतिक विपद्का कारण घरहरू क्षतिग्रस्त भएका र भौतिक सम्पत्ति नष्ट भएकोमा दुःख व्यक्त गरे।
>
उनले प्रभावित नागरिकहरूको उद्धार गर्न, बिचल्लीमा परेकाहरूको बस्ने र खाने व्यवस्था गर्न, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न र अवरुद्ध सडकको मर्मत गर्न सरकारसँग आग्रह गरेका छन्।
>>