>
नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले पक्राउ गरेका कांग्रेस सांसद सुनिल शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएको छ ।>
म्याद थपका लागि अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले भने,’ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । यो कुरा ममाथि भएको छ ।’>
सांसद शर्माले आफूमाथि हातपात भएको भनेपछि उनीनिकट कार्यकर्ता आक्रोशित भएर प्रहरीलाई प्रश्न गर्न अघि सरेका थिए । त्यसक्रममा सांसद शर्मालाई प्रहरीले घेरा हालेर भ्यानमा राखी लगेको छ । >
सांसद शर्मामाथि हातपात भएको विषयमा आफूलाई थाहा नभएको सिआइबी प्रमुख किरण बज्राचार्यले बताइन् । उनले त्यस्तो हुन नसक्ने दावी गरिन् ।
>
बिहीबार शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले शर्मालाई राजधानीको गोल्फुटारबाट पक्राउ गरेको थियो । पक्राउ पछि सीआईबीको हिरासतमा रात बिताएका उनलाई शुक्रबार दिउँसो भने म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो ।
>
>
>
>>