आरती साह मृत्यु प्रकरणः श्रीमान् मोतीबाबु पक्राउ

लाइभ न्यूज रफतार 3135+ समाचार ( )
मोतीबाबु पक्राउ
९ पौष २०८०

धनुषाकी आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुन  पक्राउ परेका छन् । मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकबाट पक्राउ गरेको हो ।

आरती गत जेठ ७ गते धनुषास्थित आफ्नै घरमा मृत फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालतले उनी दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत जनकपुरको आदेशमा उनीहरू साधारण तारिखमा रिहा भएका थिए । उच्च अदालतका तत्कालीन न्यायाधीश शारंगा सुवेदी र किरण पोखरेलको संयुक्त इजलासमा उनीहरुलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

उक्त आदेश दिने सारंगा हाल सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी छन् । उनलाई न्याय परिषद्ले न्यायाधीशमा सिफारिस गरेपछि आरतीका परिवारले पनि उनीविरुद्ध उजुरी दिएका थिए । आरतीका परिवार उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च पुगेका थिए ।

आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० गते सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन गर्न आरतीको पतिलाई पक्राउ गरिएको हो । आरतीको हत्या भएको भन्दै न्यायका लागि उनका माईती पक्ष माहिनौदेखि काठमाडौं केन्द्रीत आान्दोलनमा रहेका छन् ।

आरतीका बुवा,आमा,बहिनी र भाइ १९३ दिनदेखि काठमाडौंमा अनसनमा छन् । 


प्रतिक्रिया

सम्बन्धित समाचार