स्रोत नखुलेको ११ लाख ८१ हजार ३ सय रूपैयाँसहित १ जना पक्राउ परेका छन् ।
>
>
महोत्तरीको साम्सी गाउँपालिका-६ साम्सीगाउँका ४२ वर्षीय शेष हसमत अलीलाई स्रोत नखुलेको ११ लाख ८१ हजार ३ सय रूपैयाँसहित पक्राउ गरिएको छ। उनलाई महोत्तरीको मनरासिसवा नगरपालिका-२ भोल्ही चोकबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।>
>
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको टोलीले प्र २-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकलमा सवार अलीलाई उक्त नगदसहित नियन्त्रणमा लिएको जनाएको छ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।>>