गोरखाको सिरानचोक गाउँपालिका-७ कुलगाउँकी ४८ वर्षीय निरमाया गुरुङको डेंगु संक्रमणका कारण मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार, उनले गत भदौ १० गते एपोलो अस्पताल गोरखामा जाँच गर्दा डेंगु पोजेटिभ देखिएका थिए, त्यसपछि उपचारका लागि त्यहाँ भर्ना गरिएका थिए।
>
स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि भरतपुरको मेडिकल कलेजमा लैजाने क्रममा शुक्रबार उनको मृत्यु भएको बताइएको छ।>
गोरखामा डेंगुका कारण अहिलेसम्म २ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माका अनुसार, साउन १ गतेदेखि भदौ महिनासम्म ४२२ जनामा डेंगु संक्रमण देखिएको छ।>