भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

लाइभ न्यूज रफतार 3138+ समाचार ( )
३१ श्रावण २०८१

भारतले आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार प्रदान गरेको छ ।

भारतीय दूतावासले आज एक विशेष कार्यक्रम गरी स्कुल बस र एम्बुलेन्स नेपाललाई हस्तान्तरण गरेको हो।

स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष नेपाललाई एम्बुलेन्स र स्कुल बस दिँदै आएको भारतले हालसम्म एक हजार ९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस प्रदान गरेको छ। 

पछिल्लो एक वर्षमा भारतीय सहयोगमा नेपालमा २५ परियोजना उद्घाटन गरिएको, ६ परियोजनामा हस्ताक्षर भएको र ९ वटा परियोजना शिलान्यास गरिएको दूतावासले जनाएको छ।  

प्रतिक्रिया

सम्बन्धित समाचार