धनपालथान गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नेतृत्वमा गदिया पुल निर्माणको अनुगमन>
धनपालथान, मोरङ।>
धनपालथान गाउँपालिकाका अध्यक्ष श्री जिवछ प्रसाद गच्छदार र उपाध्यक्ष नसिमा बानोको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका अधिकृत तथा अन्य कर्मचारीहरूको टोलीले वडा नं. २, पैटा पश्चिम टोलमा निर्माणाधीन गदिया पुलको अनुगमन गरेका छन्।>
अनुगमन टोलीले पुल निर्माणको हालको प्रगति, गुणस्तर, निर्माणको प्रक्रिया तथा स्थलगत अवस्था अवलोकन गर्दै निर्माण कम्पनीलाई निर्धारित समयसीमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिएका छन्। अध्यक्ष गच्छदारले पुल निर्माणले स्थानीय बासिन्दालाई सवारी आवागमनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो।>
उपाध्यक्ष बानोले स्थानीय विकासमा यस्ता पूर्वाधार परियोजनाहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै समयमै कार्य सम्पन्न गर्न सबै पक्षलाई आह्वान गर्नुभयो।>
अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृतसहित योजना शाखाका कर्मचारीहरूले पुल निर्माणमा प्रयोग भइरहेको सामग्रीको परीक्षण तथा डिजाइनअनुसारको काम भइरहेको छ कि छैन भन्ने कुरामा विशेष चासो दिएका थिए।>
स्थानीय बासिन्दाहरूले पुल निर्माणको कार्यले आफ्नो दैनिकी सहज बनाउने भन्दै खुशी व्यक्त गरेका छन्।>
>>