चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सरकारी ऋणमा ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएको छ।>
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको शुरु आतमा २४ खर्ब ३४ अर्ब ९ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।>
हालको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४.३२ प्रतिशत बराबर छ।>
>
आन्तरिक ऋणको कुरा गर्दा, चालु आर्थिक वर्षको सुरुवातमा ११ खर्ब ८० अर्ब ९० करोड रुपैयाँको आन्तरिक ऋण भदौ मसान्तसम्म १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१.६६ प्रतिशत हो। यस अवधिमा सरकारले ९० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको छ भने ३५ अर्ब रुपैयाँ तिर्ने काम भएको छ।>
बाह्य ऋणको सन्दर्भमा, भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ छ। चालु आवको सुरुवातमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड थियो। पछिल्लो दुई महिनामा बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा १४ अर्ब ५ करोड रुपैयाँ खर्च भएको छ, र चार अर्ब ६७ करोड रुपैयाँ बाह्य ऋण थपिएको छ। जिडिपीको तुलनामा बाह्य ऋण २२.६६ प्रतिशत बराबर छ।
>
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्बको सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ, र भदौ मसान्तसम्म एक खर्ब चार अर्ब ५ करोड ऋण उठाइसकेको छ। यसले वार्षिक लक्ष्यको तुलनामा १८.६६ प्रतिशतको अनुपात जनाउँछ।
>
सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि सरकारले कुल ४ खर्ब २ अर्ब बजेट छुट्याएको छ, र भदौ मसान्तसम्म ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँको ब्याज भुक्तानी भइसकेको छ। यो अवधि भित्रको साँवा ब्याज भुक्तानी वार्षिक बजेटको ११.८४ प्रतिशत बराबर हो। जिडिपीका आधारमा कुल ऋण सेवा खर्च ०.८४ प्रतिशत हो।
>>