नामिबियाले नेदरल्यान्ड्सलाई २०४ रनको लक्ष्य दियो

लाइभ न्यूज रफतार 2303+ समाचार ( )
११ फाल्गुन २०८०

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शुक्रबारको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई जितका लागि दुईसय चार रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ४१.३ ओभरमा अलआउट हुनुअघि दुई सय तीन रन बनाएको हो ।   जारी प्रतियोगितामा नामिबियाको यो चौथो खेल हो । नामिबिया चार अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।

नामिबियाले दुई खेलमा नेपाललाई हराएको थियो । एक खेलमा भने नेदरल्यान्ड्सले नामिबियालाई हराएको थियो । 


प्रतिक्रिया

सम्बन्धित समाचार