अर्थ मन्त्रालयद्वारा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा

लाइभ न्यूज रफतार 3032+ समाचार ( )
१८ पौष २०८०

अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा गरेको छ । राष्ट्रपति पौडेलको उपचार खर्चवापत भुक्तानी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सो रकम निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सो रकम राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ बमोजिम सो रकम प्रदान गरेको जनाएको छ । यता इजरायलको दक्षिणी भाग किबुज अलुमिनमा  हमास समुहको आक्रमणमा परि निधन भएका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाखका दरले उपलब्ध गराउन एक करोड रुपैयाँ निकासा गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराउन सो रकम जिल्लाप्रशासन कार्यालयलाई दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषदको असोज ६ को निर्णय अनुसार सो रकम निकासा गरिएको हो । दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको एक्स रे मेसिन जडान गर्न सात करोड रुपैयाँ अर्थले निकासा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार