गाँजाले बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको खुलासा

लाइभ न्यूज रफतार 2514+ समाचार ( )
२५ जेठ २०८१

अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको खुलासा गरेका छन् । प्रतिनिधि सभाको कृषि समितिले  बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको हो ।

कसले उत्पादन ग¥यो थाहा थिएन । गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो ।’ उनले गाँजाको उत्पादन गाउँगाउँमा भइरहेको बताए । अप्रत्यक्ष रूपमा गाउँगाउँमा गाँजा खेती हुने सामान्य जस्तो रहेको भन्दै दाना उत्पादन, रेसा उत्पादन भइरहेको भेटिने उनले बताए ।

‘अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौं । धेरै डराउनुपर्दैन, अरू उत्पादनलाई बिस्तारै कानुनी व्यवस्था गर्दै जाउँला,’ अर्थमन्त्री पुनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार