राष्ट्रपति पौडेलद्धारा वसन्त श्रवण

लाइभ न्यूज रफतार 2303+ समाचार ( )
२ फाल्गुन २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गरेका छन् ।

त्यस अवसरमा उनले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गरेका छन् ।

सो अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ,गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए।

वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने कथन छ।

प्रतिक्रिया

सम्बन्धित समाचार