भारतको कर्नाटकमा बैतडीका दाजुबहिनीको शङ्कास्पद मृत्यु

लाइभ न्यूज रफतार 2514+ समाचार ( )
८ जेठ २०८१

बैतडीको पुर्चौडी  नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ ।

बुबा-आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शङ्कास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए । “दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अपवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्”, धामीले भने, “दुवैको शरीर चोटपटक देखिन्छ ।”

बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब छ महिनाअघि मात्रै भारत गएका थिए । मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको  छ । मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार