चलचित्र ‘वर एण्ड वधु’ आगामी भाद्र १४ गते देशभर प्रदर्शनमा आउने , चलचित्रको प्रचारप्रसारलाई तीव्र बनाउँदै कलाकारहरूको टोली

लाइभ न्यूज रफतार 2736+ समाचार ( )
९ भाद्र २०८१

चलचित्र ‘वर एण्ड वधु’ आगामी भाद्र १४ गते देशभर प्रदर्शनमा आउने भएको छ। मिलन चाम्स निर्देशित यो लभ कमेडि ड्रामा चलचित्रले नेपाली चलचित्रप्रेमी दर्शकलाई मनोरञ्जन प्रदान गर्ने आशा गरिएको छ। चलचित्रको प्रचारप्रसारलाई तीव्र बनाउँदै, निर्देशक चाम्स र कलाकारहरूको टोली विराटनगर पुगेर पत्रकारहरूसँग भेटघाट गरेको छ।

शुक्रबार विराटनगरको तिनपैनी चोकस्थित सिटी सिनेमा हलमा चलचित्र पत्रकार संघ मोरङ्गको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा निर्देशक मिलन चाम्सले चलचित्रको बारेमा जानकारी गराउँदै नेपाली दर्शकका लागि नयाँ र रोचक कथा प्रस्तुत गरिएको बताए। उनले नेपालसहित युरोपका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको चलचित्रले नेपाली समाजलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने विश्वास पनि व्यक्त गरे। चलचित्रका कलाकारहरूले पनि आफ्नो अनुभवहरू साझा गरेका छन्। कलाकार किरण केसीले आफ्नो ४० वर्ष लामो करियरमा यो चलचित्र एउटा टर्निङ पोइन्ट बन्नेमा आशावादी रहेको बताए। अभिनेत्री आचल शर्माले विराटनगरले सधैं आफूलाई माया गर्ने गरेको भन्दै यस चलचित्रमार्फत थप माया र साथको अपेक्षा गरेकी छन्। नव-अभिनेता विवेक कर्मचार्यले पनि यो चलचित्रले नयाँ अनुभव दिन्छ भन्ने विश्वास व्यक्त गरेका छन्।

चलचित्र वर&वधु युवा पुस्ताको लागि विशेष अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। निर्देशक चाम्सको अनुसार, चलचित्रले नेपाली दर्शकलाई मनोरञ्जन दिने मात्र होइन, नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्‍याउने लक्ष्य पनि राखेको छ। आगामी भाद्र १४ गतेदेखि देशभरका हलहरूमा यो चलचित्र प्रदर्शनमा आउनेछ, जसले नेपाली चलचित्रप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार