एसीसी वुमन्स प्रिमियर कपबाट बाहिरियो नेपाल

लाइभ न्यूज रफतार 3032+ समाचार ( )
४ फाल्गुन २०८०

मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियासँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल मलेसियासँग ५ विकेटले पराजित भयो । नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले खेल सकिन १ बल बाँकी रहँदा पूरा गर्यो ।

मलेसियाका लागि इलसा हन्टरले आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरिन् । ५२ बलको सामना गरेकी इल्साले ६ चौकाको मद्दतमा ५८ रन जोड्नि ।

मलेसियासँग पराजित नेपाली टिमले अब तेस्रो स्थानका लागि थाईल्याण्डसँग खेल्नेछ । नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेट तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल पुगेका थिए ।

नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेटले तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो । मलेसियाले समूह सी बाट इन्डोनेसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार