अप्रिलमा हुने एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक , नेपालले पहिलो खेल मलेसियासँग खेल्ने

लाइभ न्यूज रफतार 2303+ समाचार ( )
१३ फाल्गुन २०८०

आउँदो अप्रिलमा हुने एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) ले आइतबार अप्रिल १२ देखि २१ सम्म हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिकाअनुसार नेपाल समूह ए मा परेको छ । समूह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी छन् । समूह बी मा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया छन् । नेपालले पहिलो खेल अप्रिल १२ मा मलेसिया, दोस्रो खेल अप्रिल १३ मा कतारसँग, तेस्रो खेल अप्रिल १५ मा हङकङसँग र चौथो खेल अप्रिल १७ मा साउदीसँग खेल्नेछ । अप्रिल १९ मा सेमिफाइनल र अप्रिल २१ मा फाइनल खेल हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार