यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

लाइभ न्यूज रफतार 2864+ समाचार ( )
९ मंगशिर २०८१

एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको टोली घोषणा भएको छ । एसियन क्रिकेट काउन्सिलले युएईमा हुने एसिया कपका लागी नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीको कप्तानी हेमन्त धामीले गर्नेछन् । एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुँदै छ । नेपाल समूह ‘बी’ मा छ । उक्त समूहमा नेपालसहित अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘ए’मा भारत, पाकिस्तान, युएई र जापान छन् ।

नेपालले पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग खेल्नेछ । दोस्रो खेल डिसेम्बर १ मा बंगलादेश र तेस्रो खेल डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ । दुई समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

 नेपाली टोली:

हेमन्त धामी (कप्तान), नरेन साउद, रोशन विश्वकर्मा, अर्जनु कुमाल, युनिस विक्रम सिंह ठकुरी, विपिन कुमार महतो, आकाश त्रिपाठी, नरेन भट्ट, अपराजित पौडेल, उत्तम रंगु थापा मगर, सन्तोष यादव, अभिषेक तिवारी, मयन यादव, युवराज खत्री र रन्जित कुमार ।

प्रतिक्रिया

सम्बन्धित समाचार