नेपालले विश्वकप छनोटको होम म्याच पनि बहराइनमै खेल्ने

लाइभ न्यूज रफतार 3135+ समाचार ( )
२८ फाल्गुन २०८०

नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको होम म्याच पनि बहराइनमै खेल्ने भएको छ ।

छनोटको दोस्रो चरणअन्तर्गत आगामी चैत ८ गते नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने तालिका थियो । यस्तै चैत १३ गते बहराइनमा अवे म्याच खेल्ने तालिका छ । तर, नेपालको दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो । अब नेपाल र बहराइनबीच चैत ८ गते हुने खेल बहराइनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार खेल बहराइनमै गर्ने तय भएको हो । यसको आधिकारिक घोषणा हुन भने बाँकी छ । छनोटको दोस्रो चरणमा नेपाल समूह एचमा छ । नेपालले यसअघि यूएईसँग उसैको मैदानमा र यमनसँग घरेलु मैदानमा खेलेको थियो ।

अब नेपालले बहराइनसँगको दुवै खेल उसैको मैदानमा खेल्नेछ । त्यसपछि यूएईसँगको होम म्याच र यमनसँगको अवे म्याच आगामी जुनमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार