नेपालले आज यमनको सामना गर्दै, कीर्तिमानी १००औं खेल खेल्दै किरण

लाइभ न्यूज रफतार 2514+ समाचार ( )
२९ जेठ २०८१

फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा नेपालले आज यमनको सामना गर्दैछ । नेपाल र यमनबीचको खेल साउदी अरबमा नेपाली समयानुसार, राति पौने १२ बजे शुरू हुनेछ । 

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) ऐतिहासिक कीर्तिमान नजिक छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनविरुद्धको खेल खेल्दै किरण नेपालका लागि एक सयौँ खेल खेल्ने कीर्तिमान नजिक छन् । डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय फुटबल करियरमा किरणले हाल नेपालका लागि सर्वाधिक ९९ क्याप जितेका छन् ।

उनी अहिले नेपालको कप्तान र गोलकिपर दुवै भूमिकामा  छन् । ३४ वर्षीय किरण वर्तमान नेपाली फुटबल टोलीको सबैभन्दा अनुभवी खेलाडी समेत हुन् । धनकुटाको एउटा सामान्य परिवारबाट उमेर समूह र सिनियर राष्ट्रिय टिम हुँदै नेपालको नम्बर वान गोलकिपर  र हाल कप्तानीसमेत गरिरहेको किरण आफ्नो कीर्तिमानभन्दा पनि देशका लागि खेल्नु पाउनु सबैभन्दा गर्वको क्षण मान्छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार