चुनावपछि गगन थापा प्रधानमन्त्री बन्छन :स्वर्णिम वाग्ले

लाइभ न्यूज रफतार 2432+ समाचार ( )
२६ कार्तिक २०७९

अर्थविद् डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा आगामी चुनावपछि प्रधानमन्त्री बन्ने दावी गर्नुभएको छ ।

आज शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कांग्रेसको निकट भएर चुनावी प्रचारमा जुट्नुभएका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटक–पटक दोहोर्याउनु भएको हो ।

महामन्त्री थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन समेत उहाँले स्थानीय मतदातालाई आह्वान गर्नुभयो । उहाँले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरु जस्ता विज्ञहरुको टिम रहेको समेत खुलासा गर्नुभयो । उहाँले महामन्त्री थापाले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउन सक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्ने समेत बताउनुभयो ।

युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने उहाँले बताउनुभयो । मुलुकपछि पर्नुमा राजनीति नै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार