धनकुटामा ५९४ किलो गाँजासहित चारजना पक्राउ

लाइभ न्यूज रफतार 2303+ समाचार ( )
२ फाल्गुन २०८०


धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ५९४ किलोसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङको रंगेली नगरपालिका–७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन् । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले मूलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को.१ ख ७३२२ नम्बरको डिजेलरपेट्रोल बोक्ने ट्याङकरलाई जाँच गर्ने क्रममा ट्याङकरको बीचको डिब्बा (केल) भित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याङकरमा सवार उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।  

 


प्रतिक्रिया

सम्बन्धित समाचार