गजेन्द्र नारायण सिंह अस्पतालमा थप सेवा सञ्चालनमा , २४ घण्टा नै सेवा दिने

लाइभ न्यूज रफतार 2736+ समाचार ( )
९ भाद्र २०८१

राजविराज, ०९ भदौ ।  गजेन्द्र नारायण सिंह अस्पतालमा थप सेवा सञ्चालनमा आएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.नागेन्द्र प्रसाद यादवका अनुसार २०८१/०१/०१ गते देखी १३ वटा सेवा थप गरी २४ घण्टा नै सेवा दिन लागेको हो ।

डा. यादवका अनुसार मआएपछि अस्पतालका सबै कुरा बुझेर अस्पताललाई राम्रो अस्पताल बनाउने तर्फ ध्यान दिएको बताए । उनले भने यहाँका जनतालाई छिटो र भरपदो सेवा दिने उद्देश्यले अस्पतालमा भएका सबै सेवा २४ घण्टा नै दिने बताए । यसका लागि हामिले सबै जनसकति त्यार पारेर काम गरिरहेको उनले बताए । 

अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ । अस्पतालमा (1)ionizedcalcium (2)RA-(quantitive) (3)ASO-(quantitive) (4)Troponine-i (5)Amylase (6)Lipase (7)CK-MB (8)PTINR (9)typhoid-Igm/IgG (10)H-pyloric (11)AbG (12)CRP -(quantitive) (13)HBA1-C सञ्चालनमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल , ईकाई समितिको कोषाध्यक्ष अमर कुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार