राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरू संसद र समितिका बैठकबाट तर्किने गरेको बताएका छन् ।>
मंगलबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्द उनले निर्देशन कार्यान्वयन गर्ने कार्यपालिका समितिको निर्देशन सुन्न नपरोस्, संसदमा सकेसम्म जान नपरोस्भनेर तर्किने गरेको गुनासो गरे । समितिले दिएका निर्देशन सकेसम्म कार्यान्वयन गर्न नपरोस् भन्ने प्रवृत्ति मन्त्रीहरूमा बढी हाबी हुने गरेको उनकव टिप्पणी छ ।>
संसद र संसदीय समिति छलेर साना बाहिरी काममा रमाउने प्रवृत्ति संसदीय प्रणालीका लागि राम्रो नभएको अध्यक्ष तिमिल्सिनाले बताए ।>
अध्यक्ष तिमिल्सिनाले संसदीय पक्षधर्ताले संसदलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए ।
>
>>