भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका स्वबासीहरुलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडी बढाइएको बताएकी छन् ।>
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले काठमाडौंमा कमैया जीवन बिताउन बाध्य धेरै मुलबासी नेवारहरु रहेका भन्दै उनीहरुलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाइएको बताइन् । उनले भूमिहीनहरुलाई जग्गाको लालपुर्जा दिन राष्ट्रिय भुमि आयोगले ७७ वटै जिल्लाका काम गरिरहेको पनि बताइन् ।>
उनले सहकारी संस्थाहरुलाई दिगो र बलियो बनाउनका लागि विस्तृत अध्ययन र अनुसन्धानको प्रक्रिया अगाडी बढेको बताइन् ।
>