कांग्रेसको तर्फबाट सरकारमा सहभागी कोशीका चार मन्त्रीले लिए शपथ

लाइभ न्यूज रफतार 2736+ समाचार ( )
२८ भाद्र २०८१

कांग्रेसको तर्फबाट सरकारमा सहभागी कोशीका चार मन्त्रीले लिए शपथ 

नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ। कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। 


प्रदेश प्रमुख परशुराम खापुङले राईलाई भौतिक पूर्वाधार मन्त्री, खगेनसिंह हांगगामलाई कृषि तथा सहकारी मन्त्रीमा र सदानन्द मण्डललाई वन पर्यटन तथा वातावरण मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। भौतिक पूर्वाधार राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशीले शपथ ग्रहण गरेका छन्।


नेकपा एमाले र कांग्रेसको गठबन्धनमा कोशी प्रदेश सरकार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित १० सदस्यीय बनेको छ। जसमा मुख्यमन्त्री कार्कीसहित ८ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन्।


प्रतिक्रिया

सम्बन्धित समाचार