सिकाई केन्द्रमा अध्यक्षको छड्के अनुगमन ः बिद्यार्थी संगै अभिभावक पनि खुसि

लाइभ न्यूज रफतार 2736+ समाचार ( )
१५ वटा गैर सरकारी संस्था साहस नेपालले गाउपालिकाको साझेदारिमा संचालन गर्दै आएको छ भने , ८ वटा...
१४ भाद्र २०८१

सिकाई केन्द्र देखी अन्य सम्पुर्ण बिद्यार्थीहरुको शिक्षामा प्रतिफल आउने गरि कार्य अगाडि बढाइएको जहदा गाउपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले बताएका छन् । 

पढाईमा नो कम्परमाइज भन्दै अहिले जहदा गाउपालिकामा सिकाई केन्द्र देखी विद्यार्थीहरुको पठन पाठन र शिक्षक शिक्षीकाहरुको नियमित्तको अनुगमन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् । 

शुक्रबार बिहानै छड्के अनुगमनमा गएका अध्यक्षले बिभिन्न सिकाई केन्द्रको अनुगमन गरेका छन् । हाल जहदा गाउपालिकामा २३ वटा सिकाई केन्द्रहरु रहेका छन् । जस मध्ये १५ वटा गैर सरकारी संस्था साहस नेपालले गाउपालिकाको साझेदारिमा संचालन गर्दै आएको छ भने , ८ वटा गाउपालिकाले आफ्नै निगरानिमा संचालनमा ल्याएका छन् । 

जहदा गाउपालिका निवासि कलान्नद पासवानले भने , अध्यक्ष ज्यूको अग्रसरताले अहिले स-साना बालबालिकाहरु गुणस्तरीय पढाई पढन पाएको खुसि भएको बताए । 

हाल जहदाको पिछडिएको बस्तिहरुमा पनि अध्यक्ष साहको निर्देश्नमा सिकाई केन्द्रहरु चलायमान भएको छ । रिसिदेव वस्ती , पासवान वस्ती , सन्थाल वस्ती लगायतका स्थानीयहरु खुसि भएका छन् । जहदा गाउपालिकामा ६०० जना बिद्यार्थीहरु सिकाई केन्द्र मार्फत अध्ययन गर्दै आएका छन् । 

बिद्यालय नियमित जानुपर्ने , ज्ञान सिप , क्षमता अभिवृद्धि गर्न साहास नेपाल तत्पर रहेको देखिएको छ । साहसले जहदा गाउपालिकामा बिभिन्न प्रेरणदायी कार्यहरु गर्दै आएको छ । यस भन्दा अगाडि मात्र , दर्जनौ बालबालिकालाई उच्च शिक्षा पढ्नका लागी पूर्ण छात्रवृति प्रदान गरेको छ भने , अभिभावकहरुलाई जिविकोपार्जनका लागी सिटि रिक्सा समेत प्रदान गरेको छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार