जापानमा विद्यार्थीले सपिङ सेन्टरबाट हाम फाल्दा पैदलयात्रुसहित मृत्यु

लाइभ न्यूज रफतार 2736+ समाचार ( )
१७ भाद्र २०८१

जापानकी एक विद्यार्थीले अग्लो सपिङ सेन्टबाट हाल फालेर मृत्युवरण गरेकी छिन् । उनीसँगै एक पैदल यात्रुको पनि मृत्यु भएको छ ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार १७ वर्षकी किशोरी विद्यार्थीले शनिवार साँझ हाम फाल्दा ३२ वर्षका महिलालाई किचेर उनको मृत्यु भएको हो । ती विद्यार्थीको आत्महत्याको कारण सार्वजनिक भएको छैन । बीबीसीका अनुसार सेप्टेम्बर १ लागेपछि नयाँ कक्षा सुरु हुने भएकोले त्यो अवधिमा धेरै जापानी विद्यार्थीहरूले आत्महत्या गर्दै आएका छन् । गत वर्ष मात्रै विद्यालयको समस्या देखाएर ५१४ जापानी विद्यार्थीहरूले आत्महत्या गरेका थिए । जापानमा विद्यालय फिर्न नचाहाने विद्यार्थीहरूलाई फुतोको भनिन्छ ।

फुतोको हुनेहरूको कारण साथीहरूसँगको समस्या तथा उनीहरूले खेप्नु परेको तनाव बताइएको छ । जी–७ देशहरूमा जापान एक्लो देश हो जहाँको किशोरकिशोरीहरुको मृत्युको प्रमुख कारण आत्महत्या हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार