कैलालीमा एउटै कोठामा मृत भेटिए दिदीबहिनी

लाइभ न्यूज रफतार 2432+ समाचार ( )
२७ चैत्र २०८०

कैलालीमा दिदीबहिनी मृत फेला परेका छन्। मंगलबार बिहान करिब ७ बजे घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित एक घरमा दुई जना मृत फेला परेका हुन्।

टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए। मृतक २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा छन्। डिएसपी बोहराका अनुसार उनीहरू दुबै जना झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषधि खाइरहेको पाइएको छ। उक्त खबरपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार