कैलाश सिरोहिया धनुषा जिल्ला अदालतमा पेश

लाइभ न्यूज रफतार 2514+ समाचार ( )
९ जेठ २०८१

दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ ।

उनीमाथि अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले अदालतमा पेश गरेको हो । उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरी धनुषा पुर्याइएको थियो । उनलाई आज (बुधबार) अदालतमा पेश गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । सिरोहिया पक्राउको विरोधमा बुधबार जनकपुरमा प्रदर्शनसमेत भएको छ ।

जनकपुर नागरिक समाजको ब्यानरमा भेला भएकाहरुले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश सिरोहियालाई रिहा गर’ नारा लगाएका थिए । सिरोहियालाई पक्राउ गरिएको विरोधमा सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार