नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन थाल्यो : केपी शर्मा ओली

लाइभ न्यूज रफतार 3032+ समाचार ( )
२९ असार २०८०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन् । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताए । उनले अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेहरूसँग रमाउन थालेको बताए ।

उनले भने, “समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने अवस्था आएको छ ।” 


प्रतिक्रिया

सम्बन्धित समाचार