विराटनगर, कपलेश्वर यादव । कोशी नदीमा आएको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १, भारदहस्थित कोशी पलारमा किसानहरूले गरेको केरा खेतीमा व्यापक क्षति पु¥याएको छ।
>
>
बाढीले करिब ५०० बिगााहा क्षेत्रफलमा लगाइएको केरा खेती पूर्णरूपमा नष्ट गरेको स्थानीय किसानहरूले बताएका छन्। उनीहरूको मेहनत र लगानी बाढीले सडेको र बालीकाे अवस्था अत्यन्त दयनिय रहेको छ।>
>
बाढीले पुर्याएको क्षतिको मर्मत र राहतको अपेक्षा गर्दै छन्। "हामीले सारा वर्षको मेहनत यहाँ लगाएका थियौं, तर एकै रातमा सबै नष्ट भयो," एक किसानले भने।>>