मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रकम माग गर्दै हत्या गर्ने धम्की

लाइभ न्यूज रफतार 2561+ समाचार ( )
२६ आश्विन २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रकम माग गर्दै हत्या गर्ने धम्की आएको छ । रकम माग गर्दै फोन आएको र नदिएमा हत्या गरिदिने धम्की आएको प्रसाईंले बताएका छन् । 

फोनमार्फत ३० करोड मागिएको र अन्त्यमा पाँच करोड दिने सहमति भएको प्रसाईंले बताए । पैसा लिनका लागि गाडी आएको र गाडीसहित धम्की दिने गिरोहको व्यक्ति पक्राउ परेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्था र त्यसलाई चलाउने ‘माफिया’विरुद्ध आफू लडिरहेकाले आक्रमणको योजना बनाउने ठूलै गिरोह रहेको उनले दाबी गरे ।  प्रसाईंलाई धम्की दिने गिरोहका एकजनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं एसपी संजयसिंह थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा खोटाङ रावाबेसी स्थायी घर भई काठमाडौंको चुनदेबी बस्ने ४० वर्षीय रमेशकुमार गुरुङ रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको पनि थापाले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार