मेनुका पौडेल ‘इन्डियन आइडल’बाट बाहिरिएकी छन् । आइतबार भारतीय टेलिभिजन रियालिटी सो ‘इन्डियन आइडल– सिजन १४’को शीर्ष १० बाट उनी बाहिरिएकी हुन् ।>
मेनुकाले सामाजिक सञ्जालबाट आफू इन्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् । "आज मेरो इन्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ । ...यो मेरो सुरुवात हो, अन्त्य होइन," उनले भनेकी छन् । उनले आफूलाई गरेको मायाप्रति आभार व्यक्त गरेकी छन् । उनले वर्षभरिका लागि आफू व्यस्त रहेको पनि जानकारी दिएकी छन् । इन्डियन आइडलबाट उनले निकै चर्चा कमाएकी छन् ।>
उनले यो वर्षभरि नै आफ्नो पाइपलाइनमा संगीतको योजना रहेकाले आउने दिनहरूमा पनि आफुलाई यस्तै माया गर्न आग्रह समेत गरेकी छन् ।
>