माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि जनाएका छन् । >
टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै बुधबार माओवादी अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरुले बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गरेको बताए । ‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जात नै जाला जस्तो गर्नुहुन्छ’, उनले अगाडि भने । सविधानसभाबाट बनेको संविधान (अनुसूची) मा नै जनयुद्ध शब्द लेखिएको उल्लेख गर्दै उनले नेताहरुको ध्यानाकर्षण गराएका छन् । उनले अगाडि भने, ‘यदि जनयुद्ध ध्वंसात्मक मात्र हुन्थ्यो, गैरराजनीतिक र वैचारिक हुन्थ्यो भने संसारकै मोडल शान्ति प्रक्रिया भनेर आज जे भनिरखेका छौं,त्यो सम्भव हुने थिएन ।>
’जनयुद्धको राजनीतिक र वैचारिक इमान नै शान्ति प्रक्रिया सफल हुनुको मुख्य कारण भएको उल्लेख गरे । बुधबारको प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उनले संविधानसभाको व्याख्यात्मक टिप्पणी नभुल्न अनुरोध गरे । उनले माओवादी जनयुद्धभन्दा जातै जाला जस्तो गर्ने नेताबाट प्रवृत्ति बढेको उल्लेख गरे । >
>>