होलीसम्म घाम राम्रोसँग नलाग्ने जल तथा मौसम विभागको पूर्वानुमान

लाइभ न्यूज रफतार 3138+ समाचार ( )
२८ फाल्गुन २०८१

रंगहरुको पर्व होलीको दिन पनि राम्रोसँग घाम नलाग्ने जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताएका छन् । यस वर्षको होली पहाडी जिल्लाहरुमा फागुन २९ गते र तराईका जिल्लामा चैत १ गते मनाइँदै छ । मौसमविदले होलीसम्म घाम राम्रोसँग नलाग्ने बताए ।

‘आगामी तीन दिनसम्मै घाम खुलेर लाग्दैन, घाम–बादल, घाम–बादल मात्रै हुने सम्भावना छ ।’ उनका अनुसार अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायु नेपाल भित्रिएको छ । त्यसैको प्रभावले देशभर नै बादल लागेको हो । तर यो प्रणाली एकदम कमजोर भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना छैन । मौसमविद मानन्धरका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अघिल्ला दिनहरुमा जस्तै आगामी तीन दिनसम्म बादल लाग्ने छ ।

तर ठूलो पानी पर्ने सम्भावना छैन । ‘अहिलेको मौसमी प्रणाली कमजोर भएकाले टलक्क घाम लाग्ने अवस्था छैन । पानी परिहालेछ भने पनि अलि–अलि छिट्याउने जस्तो मात्र देखिन्छ, ठूलो पानी पर्दैन,’  ।  गण्डकीभन्दा पश्चिमको भूभागमा पनि बादल लाग्ने तर पानी नपर्ने सम्भावना छ । काठमाडौं उपत्यका र उपत्यका आसपासका क्षेत्रमा भने छिटफुट मात्र पानी पर्ने सम्भावना छ । ‘घाम राम्रोसँग लाग्दैन । आकाश धुम्म देखिन्छ, मौसमविदले बताए ..‘काठमाडौं उपत्यकामा पानी परिहालेछ भने पनि हल्काभन्दा बढी पर्दैन ।’ तर काठमाडौं उपत्यकाका सबै ठाउँमा एकनासको पानी पर्ने सम्भावना छैन । खासगरी उत्तरी भूभागमा हल्का पानी पर्ने पूर्वानुमान छ ।

‘हिजो–अस्तिजस्तै कतैकतै छिट्याउने खालको पानी पर्ने जस्तो देखिन्छ,’ ।  मौसमविदका  अनुसार आगामी तीन दिनसम्म अवस्था यस्तै रहने सम्भावना छ । अहिलेसम्मको अवस्था हेर्दा अर्को हप्ताबाट भने मौसममा सुधार हुने सम्भावना छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार