देशकै सबैभन्दा पुरानो व्यापारिक संस्थाका रुपमा रहेको मोरङ व्यापार संघले विराटनगर महानगरपालिकालाई तिर्नुपर्ने करसमेत नतिरेको पाइएको छ । संघले महानगरलाई मेला आयोजना गर्दा दैनिक ५ हजार रुपैयाँका दरले १० दिनको ५० हजार तिर्नुपर्ने थियो । त्यस्तै टिकटको बिक्रीको ५ प्रतिशत र मेलाभित्र राखिएका विभिन्न खेलको समेत कर नतिरेको पाइएको छ । पटक–पटक तागेता गर्दा पनि संघले कर तिर्नेतर्फ ध्यान नदिएको महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । उनले भने, “अहिलेसम्म मेला आयोजना गरेबापत मोरङ व्यापार संघले कुनै पनि कर बुझाएको छैन । पटक–पटक ध्यानाकर्षणसमेत गराएका छौं । मेला आयोजना गरेबापत हामीले लिने सबै कर जसरी पनि लिन्छौं ।” मेला आयोजक समितिका संयोजक अनिल साहले महानगरपालिकालाई अगाडि नै कर तिर्नु जरुरी नभएको बताए । मेला सकिए पनि आवश्यक सबै कर तिर्ने उनको प्रतिबद्धता थियो । “हाम्रो संस्था यही छ, हामी भाग्ने होइनौं । महानगरपालिकाले तोकेको सबै कर हामी मेला सकिएपछि तिर्नेछौं,” संयोजक साहले भने ।
>
महानगरलाई कर नतिरिकनै मेला आयोजना
प्रतिक्रिया
ताजा समाचार
‘सुशासन र पारदर्शितामा प्रशासन प्रतिबद्ध छ’, सरकार...
सोनु कुमार दास | ७ कार्तिक २०८३
सुनसरीमा मोटरसाइकलसहित २९१ ट्याब्लेट लागूऔषध बरामद
Jugesh Das | ६ कार्तिक २०८३
सुनसरीमा मोटरसाइकलसहित २९१ ट्याब्लेट लागूऔषध बरामद
Jugesh Das | ६ कार्तिक २०८३
वातावरणबिद अभिषेक श्रेष्ठ कृषि, वन तथा पर्यावरण...
Jugesh Das | २ कार्तिक २०८३
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा सन्तोष मेहताक...
Jugesh Das | १ कार्तिक २०८३
विराटनगरमा एक करोड लगानीमा ‘फोर स्टार’ म्याट्रेस स...
Jugesh Das | १ कार्तिक २०८३