सहकारी ठगीको सन्दर्भमा आरोपित दिपेश पुन पक्राउ पर्दा रवि लामिछाने किन नभएको संसद दीपक गिरीको प्रश्न

लाइभ न्यूज रफतार 2303+ समाचार ( )
६ चैत्र २०८०

नेपाली कांग्रेसका संसद दीपक गिरीले सहकारी ठगीको सन्दर्भमा आरोपित दिपेश पुन पक्राउ पर्दा रवि लामिछाने किन नभएको भनी प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा दिपेश पुनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेविरुद्ध समेत उजुरी परेको स्मरण गराए । उजुरी परेकामधये पुन पक्राउ परेको तर लामिछाने गृहमन्त्रीमा बहाल रहेको भन्दै उनले प्रश्न उठाएका हुन् । उनले भनेका छन्, ‘पोखराको सूर्यदशर्न सहकारी पीडितहरुको पक्षबाट बोल्न चाहन्छु । बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दिपेश पुनविरुद्ध उजुरी दिएका थिए । दिपेश पुन गिरफ्तार भए । तर, रवि लामिछानेले गृहमन्त्रीजी अझै ठूलो पद पाउनुभएको छ । जो अनुसन्धानमा हुनुपर्ने हो उहाँ गृहमन्त्री हुनुहुन्छ । तसर्थ, हामी उहाँको राजीनामा माग गर्दछौं ।

’ लामिछाने जसरी पनि गृहमन्त्रालय चाहिन्छ भनेर सरकारमा गएको उल्लेख गर्दै उनले स्वार्थ बाझिने मन्त्रालयमा लामिछानेलाई किन नियुक्त गरेको हो भनी प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने उनले बताए । गृहमन्त्रीको नियुक्तिका सम्बन्धमा यसअघि पनि कांग्रेस सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार