साइबर क्राइमको कसुरमा गणेश बस्नेतविरुद्ध उजुरी गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको आपत्ति

लाइभ न्यूज रफतार 3749+ समाचार ( )
५ श्रावण २०८०

नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

जनता टाइम्स डटकमका प्रधानसम्पादकसमेत रहेका बस्नेतविरुद्ध गृहमन्त्री श्रेष्ठको सचिवालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणबारे गलत अफवाह फैलाएको दाबीसहित उजुरी दर्ता गरेको थियो । 

महासंघले सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेनले प्रकट गरेको अभिव्यक्तिविरुद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको बताएको छ ।  महासंघले बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लिन माग गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार