दसैं,तिहार,छठ लगायत चाडपर्वलाई लक्षित गर्दै आज सोमबारबाट नयाँ नोट सटही सुविधा

लाइभ न्यूज रफतार 3032+ समाचार ( )
२९ अशोज २०८०

नेपाल राष्ट्र बैंकले दसैं,तिहार,छठ लगायत चाडपर्वलाई लक्षित गर्दै आज सोमबारबाट नयाँ नोट सटही सुविधा दिने भएको छ ।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौं उपत्यकाभित्र केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । त्यसैगरी उपत्यकाबाहिर राष्ट्र बैंकले तोकेका बैंकहरुका प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको हो । १८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एक/एक बन्डल हो । राष्ट्र बैंकका अनुसार सर्वसाधारणले असोज २९, ३० तथा कात्तिक १, २ र ३ गतेसम्म नयाँ नोट साट्न पाउनेछन् ।

विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सिमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ । केही बैंकहरुले नोट सटही गर्ने शाखाहरुको सूचि समेत निकालेका छन् । 


प्रतिक्रिया

सम्बन्धित समाचार