नेप्से परिसूचक आज २८.४० अंकले घटेर २०१९.८५ बिन्दुमा कायम

लाइभ न्यूज रफतार 2561+ समाचार ( )
२३ श्रावण २०८०

साताको तेस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ ।साताको पहिलो दिनबाटै लगातार ओरालो झर्दै गएको नेप्से परिसूचक आज २८.४० अंकले घटेर २०१९.८५ बिन्दुमा कायम भएको छ ।

यसअघि आइतबार ३८ र सोमबार ३ अंकले बजार घटेको थियो । यस्तै, बजारमा ४८ लाख ६० हजार ७४१ कित्ताको खरिदबिक्री भइ १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम घटेको छ ।

मंगलबार शेयर बजारमा गिरावट भएपनि स्वरोजगार लघुवित्त विकास बैंकको शेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । यसदिन विकास बैंकको सेयर ६९ अंकले बढेर प्रतिकित्ता ७५९ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कारोबारका आधारमा आईएमई लाइफ इन्सयोरेन्स कम्पनी लिमिटेड १७ करोड ८९ लाख ३२ हजार २०२ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

मंगलबार बजार पूँजीकरण २९ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार