नेप्से दोहोरो अंकले बढेर बन्द , नेप्सेमा १९.५६ अंकको वृद्धि

लाइभ न्यूज रफतार 3135+ समाचार ( )
४ फाल्गुन २०८१

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १९.५६ अंकले बढेर २ हजार ६ सय ९८ दशमलव ३ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज ९ अर्ब ४७ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा १७६ कम्पनीको शेयरमूल्य बढ्दा ६३ को घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आइतबारको कारोबारमा चार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । वीन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स र जानकी फाइनान्सका लगानीकर्ताले आज सबैभन्दा बढी कमाएका हुन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । आजको कारोबारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

एनएलजी इन्स्योरेन्सको शेयरमूल्य पनि आज ९.५५ प्रतिशतले घटेको छ । एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड ५४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार