मानवताको मिशाल : उपाध्यक्ष नसिमा बानोको रक्तदानले जोगायो बिरामीको जीवन

Sanjana Kumari Das 4+ समाचार ( )
१२ कार्तिक २०८१

मोरङको धनपालथान गाउँपालिकाकी उपाध्यक्ष नसिमा बानोको मानवीय पहलले बिरामीको जीवन बचाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। बिराटनगर–६ निवासी एक गम्भीर बिरामीको मकालु एभरेष्ट अस्पतालमा उपचार भइरहेको थियो, तर रक्त अभावका कारण उनको स्थिति जटिल बन्दै गएको थियो। हाल, रेडक्रसमा समेत रगतको अभाव देखिएको यस परिस्थितिमा उपाध्यक्ष बानोले आफ्नो रगत दान गरेर बिरामीको जीवनलाई नयाँ आशा दिइन्।


लाइभ न्यूजसँगको विशेष कुराकानीमा उपाध्यक्ष बानोले भनिन्, “पहिलो प्राथमिकता मानवता हो। अहिले रगतको अभाव भएकाले सबै संघ(संस्थाले मिलेर व्यापक रक्तदान कार्यक्रम गर्न आवश्यक छ।” उनले संघ(संस्थाहरू, सरकारी निकायहरू, र समाजसेवीहरूलाई साथ दिने अपिल गर्दै संकटको यस घडीमा जनताको सेवा गर्नु नै सबैको कर्तव्य भएको बताइन्।


यो कार्यले उनलाई मात्र होइन, सम्पूर्ण समाजलाई एक सन्देश दिएको छ— जब मानवताका लागि सहयोगको आवश्यकता पर्छ, तब व्यक्तिगत पहिचान भन्दा पनि मानवता नै पहिलो स्थानमा हुनुपर्छ। रक्तदान जस्तो सरल तर प्रभावकारी कार्यले कसैको जीवन बचाउन सक्छ भन्ने कुरालाई बानोको यस योगदानले सजीव बनाएको छ।


समाजलाई प्रेरित गर्ने यो उदाहरणले रक्त अभावको समस्यामा सहयोग पुर्याउन बृहत् रक्तदान कार्यक्रमको आवश्यकता झल्काएको छ। उपाध्यक्ष बानोको यो मानवीय कार्यले जीवनको जटिल क्षणमा समाजको सामूहिक जिम्मेवारीको महत्वलाई उजागर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार