तीन करोडको लागतमा नेपाल बैंकको भवन निर्माण

लाइभ न्यूज रफतार 3138+ समाचार ( )
२७ चैत्र २०७९

नेपाल बैंक लिमिटेड बजार अड्डा विराटनगर शाखाको नवर्निमित भवनको उद्घाटन गरिएको छ ।

भवनको विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले एक समारोहका बीच आइतबार उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंकले ग्राहकको मन जित्नुपर्नेमा जोड दिए ।

बैंकहरुबीच पनि प्रतिस्पर्धा रहेकाले राम्रो सेवा दिन सकेमा नेपाल बैंकप्रति ग्राहकको आकर्षण बढ्ने उल्लेख उनको भनाइ थियो ।

पार्किङसहितको ३ कठ्ठा जमिनमा निर्मित भवन निर्माणका लागि ३ करोड रुपैयाँ खर्च भएको बैंकका शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिए । नवर्निमित अढाइ तले भवनबाट आइतबारदेखि नै सेवा सुरु भएको छ ।

कार्यक्रममा विराटनगर वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, बैंकका प्रदेश प्रमुख सूर्यप्रकाश भट्ट, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुवास आचार्य, शाखाकी सहायक प्रबन्धक शोभा घिमिरे, पूर्वकर्मचारी महेश खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार