बिराटनगरको न्यूरो अस्पतालमा साहायता केन्द्र स्थापना, सूचना पहुँचका लागि महत्वपूर्ण पहल

सोनु कुमार दास 24+ समाचार ( )
१८ कार्तिक २०८१

बिराटनगरको न्यूरो अस्पतालले बिरामी, कुरुवा तथा अन्य सेवाग्राहीलाई सम्पूर्ण जानकारी सहजै उपलब्ध गराउनका लागि नयाँ साहायता केन्द्रको स्थापना गरेको छ। यो केन्द्रले अस्पतालमा आउने सबै सेवाग्राहीलाई आवस्यक जानकारी र सहयोग प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो, जसका कारण कोही पनि सूचनाबाट बंचित हुन नपरोस् भन्ने अस्पतालको लक्ष्य रहेको छ।

साहायता केन्द्रको माध्यमबाट अस्पतालमा हुने सेवाहरू, विभिन्न विभागहरू, उपचार प्रक्रिया तथा अन्य महत्त्वपूर्ण जानकारी सरल र छिटो उपलब्ध गराइने छ। बिरामी र तिनका आफन्तहरूलाई यो केन्द्रले न केवल आवश्यक जानकारी दिनेछ, बरु आवश्यकता परेमा तात्कालिक मद्दत पनि उपलब्ध गराउनेछ।

न्यूरो अस्पतालले यस पहलले सेवाग्राहीलाई अझ बढी सुविधा र आत्मनिर्भरता दिलाउने विश्वास लिएको छ। अस्पतालले यो साहायता केन्द्रमार्फत बिरामी तथा सेवाग्राहीहरूको मनोबल बढाउन तथा स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन मद्दत पुर्याउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार