एमाले नेता ऋषिकेष पोखरेल र लिलावल्लव अधिकारीलाई कार्वाही गर्नुपर्छ ः नेपाली काँग्रेस मोरङ, प्रवक्ता

लाइभ न्यूज रफतार 2864+ समाचार ( )
२५ कार्तिक २०८१

प्रतिनिधिसभा सदस्य ऋषिकेष पोखरेल र प्रदेशसभा सदस्य लिलावल्लव अधिकारीमाथि नेपाली कांग्रेस मोरङका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख वीरेन्द्रकुमार साहले कानुनी कारबाहीको माग गरेका छन्। उनका अनुसार यी जनप्रतिनिधिहरुले जनताको विश्वासमा ठेस पुर्याएका छन्, जसले सिंगो क्षेत्रको प्रतिष्ठामा धक्का पुर्याएको छ।

उनले भने , प्रतिनिधिसभा सदस्य ऋषिकेष पोखरेल सहकारी घोटालामा मुछिएका छन् भने प्रदेशसभा सदस्य लिलावल्लव अधिकारी मानव तस्करी काण्डमा फसेका छन्। यी दुबै घटना मोरङ क्षेत्रका लागि लाजमर्दो बनेका छन्। जनताको मत र विश्वासबाट निर्वाचित भएका यी नेताहरु विवादमा तानिँदा क्षेत्रकै नाम बदनाम भएको भन्दै साहले कडा प्रतिक्रिया जनाएका छन्।

एमाले र काग्रेसको गठबन्धनको सरकार भए पनि काँग्रेस नेता साह आफ्ना क्षेत्रका एमाले पार्टिबाट निर्वाचित सांसदहरुको खुलेर बिरोध गर्दै आएका छन् । साहले लाइभ न्यूजका पत्रकारलाई एक संदेश जारी गर्दै भने , मोरङ क्षेत्र नम्बर २ का जनप्रतिनिधिहरुबाट हामीले यस्तो दिनको कल्पना गरेका थिएनौं। जनताले आफ्नो समस्या समाधान होस् भन्ने विश्वासले मत दिएका थिए, तर जनप्रतिनिधिहरु आफैं समस्या बन्नु भएको बताए । 

साहले स्पष्ट शब्दमा भनेका छन्, जुनसुकै पार्टीका नेता भए पनि कानुनभन्दा माथि कोही छैन। सहकारी घोटालामा मुछिएका पोखरेल र मानव तस्करीमा फसेका अधिकारीमाथि कानुनी अनुसन्धान गरिनुका साथै आवश्यक कारबाही हुनुपर्छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार