नर्स हत्या प्रकरणका आरोपीले भने , म दिल्लीमा छु : तर बिराटनगरमा मृत फेला

सोनु कुमार दास 15+ समाचार ( )
लाइभ न्यूज रफतारका पत्रकार सोनुसंग कुरा गर्दै एक प्रहरी अधिकृतले भने , प्रहरीले खोज्दै गरेको आरोपि शिवशंकर अहिले झुण्डिएको अवस्थामा फेला परेको बताए ।
४ चैत्र २०८०

शौचालयमा मृत अवस्थामा फेला परेकी एकजना नर्सको हत्या घटनाको आरोपी अन्दाजी २३ बर्षिय शिवशंकर दास मृत अवस्थामा भेटिएका छन् । लाइभ न्यूज रफतारका पत्रकार सोनुसंग कुरा गर्दै एक प्रहरी अधिकृतले भने , प्रहरीले खोज्दै गरेको आरोपि शिवशंकर अहिले झुण्डिएको अवस्थामा फेला परेको बताए । 

विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास शुक्रबार विराटनगर महानगरपालिका–४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस्थामा भेटिएकी थिइन् ।

घाँटीमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनको हत्या शिवशंकर दासले गरेको भन्दै पक्राउ गर्न सर्च अपरेशन जारी राखेका थिए । 

पत्रकार दाससंग कुरा गर्दै एक प्रहरी अधिकृतले भने , शिवशंकरले शनिबार आफु भारतको दिल्लीमा रहेको बताएका थिए , तर प्रहरीले ट्रयाक गरेको लोकेशनबाट उनि बिराटनगर मै रहेको पुष्टि भएको थियो । 

आइतबार बिराटनगरको विभिन्न होटेल र गेष्ट हाउसमा सर्च अपरेशन जारी रहदा , बिरानगरको नोबेल हस्पिटल नजिकै रहेको होटेल फाइनमा उनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

होटल फाइन नर्स मरेको घरबाट नजिकै रहेको छ । अहिले घटना स्थलको मुचुल्का उठाइदै छ ।  

सिराहाको फुल्काहकट्टी घर भएकी चंद्रीका कुमारी दास नोबेल अस्पतालमा काम गर्दै विराटनगरमा बस्दै आएकी थिइन् । उनको बिहिबार साँझ करिब ५ बजे शिवशंकर दास(प्रेमी)ले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको देखिन्छ । 

घटनापछि उनका प्रेमी भनिएका सिरहाका शिवशंकर सम्पर्कविहीन थिए ।  शिवशंकर केहि दिन अघि मात्र मलेश्यिाबाट आएको प्रहरी श्रोतले जनाएको छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार