विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

लाइभ न्यूज रफतार 3138+ समाचार ( )
२ अशोज २०८१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

 समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।सोही व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएको र दिउँसो १ बजेका लागि बैठक बोलाइएको कोशी प्रदेशसभाका प्रवक्ता गौतमराज अमात्यले बताए ।

केन्द्रमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो । अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले–कांग्रेसको सरकार रहेको छ ।


९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार