प्रधानमन्त्री दाहाललाई शर्माको प्रश्न : कुन संकटमा मेरो साथ पाउनुभएन ?

लाइभ न्यूज रफतार 3135+ समाचार ( )
२० श्रावण २०८०

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जुनसुकै संकटमा अध्यक्ष पुष्पकमल दाहाललाई साथ दिँदै आएको बताउनुभएको छ ।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्नेक्रममा शर्माले आफूले अध्यक्षलाई असहयोग नगरेको प्रस्टीकरण समेत दिनुभयो ।

अध्यक्षलाई आफूले सहयोग गरेको तर, गलत प्रचार गरेको उहाँको गुनासो थियो । शर्माले कुन मोडमा आफूले अध्यक्षलाई असहयोग गरे भन्दै प्रश्न समेत गर्नुभयो ।

यस्तै, शर्माले पार्टीका नेताको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । पार्टी नेताका सम्पत्ति छानबिन गर्नुपर्ने र त्यसका लागि आफू तयार रहेको बताउनुभएको हो ।



प्रतिक्रिया

सम्बन्धित समाचार